सोसल मिडिया
युनिकोड
जलविद्युत क्षेत्रमा फरक परिचय बनाएको आशुतोष इनर्जी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कम्पनीले असोज २० गते सातौ वार्षिक साधारणसभा सम्पन्न गरेको हो। करिब साढे दुई करोड रुपैयाँ नगद लाभांश साधारणसभाले स्वीकृत गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले कमाएको खुद मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.२३६ प्रतिशतले नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ। त्यो भनेको २ करोड ५२ लाख ६३ हजार १५७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत भएको हो।
कम्पनीका अध्यक्ष मोहन बिक्रम कार्कीका अनुसार नगद लाभांश वितरण बढ्दै जानेछ । कम्पनीको चेपे खोला जलविद्युत् आयोजनाले २०७९ असोज १६ गतेबाट व्यवसायिक उत्पादन सुरु गरेको हो । उक्त आयोजना समय अवागै सम्पन्न भएको थियो।
आयोजनाबाट उत्पादित विद्युत् लमजुङ जिल्लाको किर्तिपुर–उदीपुर–मार्कीचोक सबस्टेसन हुँदै नेपाल विद्युत् प्राधिकरणको केन्द्रिय प्रसारण लाइनमा जोडिन भने बाकी छ।जाडिनुपर्ने हो । तर, लाइन निर्माणमा प्राविधिक कारणले ढिलाई भएकोले आयोजनाको उत्पादीत विद्युत् प्राधिकरणकै मध्य मस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डमा अवस्थित १३२ केभीको ‘वे’ जोडि विद्युत् बिक्री भइरहेको छ ।
उक्त बैकल्पिक योजनाका कारण कम्पनीले आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ मा क्रमशः ५ करोड ७५ लाख र ८ करोड ८२ लाख गरी १४ करोड ५७ लाख रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको अध्यक्ष कार्कीले बताए । राज्यको सहजीकरण नपुग्दा जलविद्युत क्षेत्रमा रहेका समस्याको निराकरण हुन सकेको छैन ।
आशुतोष ईनर्जी अघिल्ला उर्जामन्त्रीले सम्मान गरेको कम्पनी हो।