कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउन शेखरले दिए यस्तो अर्ति 

सोमबार, असोज २१, २०८१

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने गरी काम गर्नुपर्ने बताएका छन् । आज बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित सङ्घका नेताहरूसँगको भेटमा बोल्दै डा.कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न नेता एवम् कार्यकर्ताहरूलाई आग्रह समेत गरे । 

कोइरालाले दसैँ तिहारको रमाइलोमा मात्रै होइन जनताको सुख दुःखमा पनि पुग्न आग्रह गर्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने प्रण गरे। उनले कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५ औँ महाधिवेशन पर्खनुपर्ने बताए ।  

‘१५ औँ महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ । इमानदार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औँ महाधिवेशनपछि स्थापित गरिछाड्छौ,’ कोइरालाले सुनाए। 
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्