पूर्वमन्त्री अकबालको पहलमा २३० घरपरिवारले पाए राहत, यूएईले गर्यो सहयोग

सोमबार, असोज २१, २०८१

पूर्वमन्त्री समेत रहेका एमाले नेता अकबाल अहमद शाहको पहल र सक्रियतामा कपिलवस्तुको कृष्णानगर नगरपालिका,महराजगञ्ज नगरपालिका तथा विजयनगर गाउँपालिकामा नदी कटान तथा बाढी प्रभावित २ सय ३० घर–परिवारलाई यूएई सरकारको सहयोगमा राहत वितरण गरिएको छ । जनताको दुखमा अहोरात्र खट्ने शाहले उक्त सहयोग जुटाउन हारगुहार गरेका हुन्। 

नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका शाहले यूएईका राजदूत अब्दुल्ला अल शम्सीलाई भनेर राहत वितरण गरिएको बताए । पीडित परिवारको लागि नेपालमा रहेको दुबई दूतावासका राजदूत अब्दुल्ला अल शम्सीले दुबई सरकारको तर्फबाट खाद्यान्न सामग्री राहत वितरण गरेका हुन् । 

कपिलवस्तुको महराजगञ्ज नगरपालिका– १० हर्दौना गाउँका नदी कटान र बाढी प्रभावित ३८ घर–परिवार, कृष्णानगर नगरपालिका वडा नं ४ र १२ का ७८ घर–परिवार,विजयनगर गाउपालिका का वडा ३मा ३५ घर–परिवार, वडा ५ र ७ का ८० घर–परिवारहरुमा दुबई इमेरात रेड क्रिसेंटको तर्फबाट राहत सामग्री वितरण गरिएको पूर्व मन्त्री शाहले बताए ।

दुबई सरकारले नेपालमा प्राकृतिक विपत्ति समय वा अन्य समयमा समेत सहयोग गर्दै आएको छ । विपत्तिका समयमा नेपाली जनतालाई दुबई सरकारले साथ र सहयोग गर्दै आएको छ । 

दुबई सरकार र नेपाल सरकारको मित्रता सदैव कायम रहोस् भन्ने कामनाका गर्दै  पूर्वमन्त्री अकबालले दुबईका राजा शैख मोहम्मद बिन राशिद अलमकतुम तथा राजदूत अब्दुल्ला अल शम्सीलाई धन्यबाद दिएका छन्। 

कपिलवस्तुका नदी कटान तथा बाढी प्रभावित क्षेत्रमा थप राहत वितरण हुने पूर्व मन्त्री शाहले प्रतिबद्धता समेत जनाए । विकासबादी नेताको परिचय बनाएका पूर्वमन्त्री अकबाल परोपकारी कार्यमा झन् ज्यादा सक्रिय छन्। 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्