सोसल मिडिया
युनिकोड
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने उल्लेख गरे । सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन गरेको भएदपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरू लहडमा बनाउने र बन्द नर्गन सुझाव दिए ।
उनले भने, "नयाँ पोलिसीहरू बनाउने क्रममा कतिपय चिजमा नियम, कानूनहरु परिवर्तन गर्नुपर्छ । तर, त्यो परिवर्तन गर्ने नाममा हाम्रा कतिपय चिजहरू लहडमा भएका छन् । राजस्व परामर्श सुझाव समिति भनेर एउटा बनाइयो । के हिसावले बनाइयो दुई वर्षपछि फेरि बन्द गरियो । यस्तो किसिमको चिजहरू बनाउँदा हामीले लहडमा बनाउने अनि बन्द गर्ने हुनुहुँदैन । हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनुपर्छ । कतिपय चिजहरू अनुगमनको हिसावले मात्र राजस्व बढ्छ भन्ने हुँदैन ।"
अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्त्वपूर्ण रहेको बताए ।