कता-कता पर्दैछ पानी ? कस्तो हुन्छ आजको मौसम ?

मंगलबार, असोज २२, २०८१

देशका केही भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। 

पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। 

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ। 
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्