सोसल मिडिया
युनिकोड
खानेपानी मन्त्री प्रदीप यादवको अहोरात्रको खटाईका कारण आज साँझदेखि काठमाडौँबासीका घरघरमा मेलम्चीको पानी आउने पक्का भएको छ। हिजो मेलम्ची पुगेर स्थानीय संगको वार्तामा सहमति जुटाएर सम्झौता गरेका मन्त्री यादवले आज २ बजेपछि सुन्दरीजलबाट काठमान्डूका लागि मेलम्चीको पानी पठाउने भएका हुन्।
मेलम्ची बाट काठमाडौँका लागि पानी पथान्तरण गरेर पानी संगै मन्त्री यादव सुन्दरीजल पुग्ने भएका छन्। हिजो अवेर राति स्थानीय संग सम्झौता गरेका मन्त्री यादव अहिले मेलम्चीमै छन्। मेलम्चीको पानी २ बजे सम्ममा सुन्दरीजल पुग्दैछ। त्यस लगत्तै मन्त्री यादवले सुन्दरीजल पुगेको पानी घरघरमा पठाउने छन्।
मेलम्चीको पानी काठमाडौँ आउँ नदिन र वार्ता मिल्ने नदिन केही तत्व लागे पनि मन्त्री यादवले त्यसलाई चिरेका छन्। मन्त्री यादवलाई मेलम्ची पुग्न नदिन बाटो अवरोध समेत गरिए पनि त्यसले छेक्नै सकेन। फलस्वरूप मन्त्री यादवले सम्झौता संग सौदाबाजी गरेरै भएपनि मेलम्चीको पानी ल्याएरै छोडेका छन्।
काठमाडौँबासीलाई दशैं अगाडी नै मेलम्चीको पानी खुवाउने उनले गरेको वचन पुरा गरेका हुन्। मेलम्चीको मात्र नभए ललितपुरको दक्षिणकाली क्षेत्रका जनतालाई पनि उनै यादवको पहलमा पानी खुवाईएको छ। खानेपानीको समुचित वितरण र स्वच्छतामा मन्त्री यादव हमेशा लागिरहेकै छ। ओली सरकारका आश लाग्दा मन्त्रीको जनस्तर बाटै जयजयकार हुन थालेको छ।