बिष्टका शब्द र स्वरले ‘सानु तिमीले’ जन्मायो, सुनौं त गीत अनि के-के भयो ?

बुधबार, असोज २३, २०८१

गीतकार अशोक विष्टको ‘सानु तिमीले’ नामक नेपाली गीत हालै सार्वजनिक गरिएको छ। सानुलाई विम्ब बनाएर मायापिरतिको बयान गरिएको उक्त गीतले अलि फरक स्वाद दिएको पनि छ। 

शब्द र स्वरमा स्वयम् विष्टले मेहनत गरेका छन्। कोइली स्वरका धनी बिष्टको गायकी र शब्द संयोजन तारिफ गर्न लायक छ। म्युजिक भिडियोमा गायक विष्ट र रोज ओलीले फिचरिङ गरेका छन् । त्यहाँ पनि बिष्टको अर्को विधाको उम्दता देख्न पाईन्छ। निजामतिसेवामा जमेका बिष्टलाई गीत संगीतले तानेर सृजनाको पोखरीमा डुबुल्की मार्न चम्काएको उनका सांगीतिक सम्पत्तिले दर्साइसकेका छन्। 

क्रान्ति केसीले भिडियोको निर्देशन सम्पादन र कलरिङ गरेका हुन् । विष्टले यसअघि घातभित्र आघात ल्याइसकेका छन् भने छिट्टै मान्छे हामी… र  फर्की आउन साथी सङ्गी …ल्याउने तयारीमा रहेको छ । उनको सांगीतिक लगावले हरदिन जरा हालिरहेकै छ। 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्