सोसल मिडिया
युनिकोड
नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ। बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बोलाइएको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठक पौने १२ बजे बस्ने तय भएको छ।
यसअघि असोज १५ गते एमाले सचिवालय बैठक काठमाडौँंको एक होटलमा बसेको थियो। ओली अमेरिकाबाट स्वदेश फर्किएलगत्तै बसेको बैठकले पार्टीका तर्फबाट राहत कोषमा रकम जम्मा गर्ने र पार्टी पंक्तिलाई बाढीपहिरोपीडितको उद्धार र राहतमा परिचालन गर्ने निर्णय गरेको थियो।