मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते

बिहीबार, असोज २४, २०८१

मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्। 

भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा काठमाडौँबाट जनकपुर जाँदै गरेको बा. ३ख २७२३ नम्बरको मिनिबस र हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बा. २ ज ९८३ नम्बरको ट्याक्सी ठोक्किएर दुर्घटना भएको थियो ।बा. २ज ८० नम्बरको अर्को ट्याक्सी पनि दुर्घटनामा परेका सवारीसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए । उनका अनुसार, गम्भीर घाइते ६ सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्