दसैँमा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन प्रहरीको निशुल्क बस

बिहीबार, असोज २४, २०८१

दसैँमा सर्वसाधारणको आवतजावतलाई सहज बनाउनकाे लागि नपाल प्रहरीले काठमाडौँ उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ।

नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी दानबहादुर कार्कीका अनुसार दसैँमा सार्वजनिक यातायातका साधनहरु कम चल्ने हुँदा सर्वसाधारणकाे यात्रालाई सहज बनाउन निःशुल्क बस चलाउन लागिएको हाे।

एउटा बस बस रिङरोड चल्ने छ भने अर्काे बस रिङरोड बाहिर चल्ने छ। काठमाडौँ उपत्यकाभित्र एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ।

यसैगरी, अर्को २ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ।
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्