पर्सामा झन् मजबुत बन्दै जसपा, खानेपानी मन्त्रीले क-कसलाई भित्र्याए ?

शुक्रबार, असोज २५, २०८१

जसपा नेपालका मधेश प्रदेश सदस्य तथा पर्साका सह-इन्चार्ज दीपक यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। जसपा नेपाल विभाजन पछि बनेको जसपा उनी एक्लैले मात्र रोजेका भने होइनन्। दर्जनौँ स्थानीय नेता सहित उनी आज शुक्रबारको साईत पारेर नयाँ घरमा सरेका हुन्।  

जसपा पर्साले आयोजना गरेका पार्टी प्रबेश कार्यक्रममा जसपा नेपाल पर्साका सह-ईन्चार्ज दीपक यादव सहित दर्जनौँ स्थानीय नेताहरूले जसपामा प्रवेश गरेका छन्।  दीपक यादव जस्तो कर्मठ, अनुभवी नेताको आगमनले हाम्रो पार्टीलाई अझ बलियो बनाउँदै मधेसको विकास, जनताको अधिकार, र समृद्धिका लागि नयाँ ऊर्जा दिने सो पार्टीका नेता तथा खानेपानी मन्त्री प्रदीप यादवले बताए। 

जिल्ला समन्वय समिति पर्साको सभाहलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा खानेपानी मन्त्री यादव सहित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरी, पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार, पर्साको बहुदरमाई नगरपालिकाका मेयर एवम् जसपा पर्सा जिल्ला संयोजक सिंहासन साह तेली , श्री वीरगञ्ज महानगर कमिटीका अध्यक्ष इश्वर चन्द्र यादव, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलम, जसपाका नेताहरू तबरेज अहमद, शिवजी सोनी, असलम आलम लगायतले फुलमाला र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए। 
 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्