पाँचतारे होटलमा डाकेर आईसीसी टी-२० विश्वकप भिड्न जाने टोलीलाई गरियो बिदाई

शुक्रबार, वैशाख २१, २०८१

अमेरिका र वेस्टइन्डिजमा आागमी महिनाबाट सुरु हुने आईसीसी टी-२० विश्वकपमा सहभागी हुने राष्ट्रिय क्रिकेट टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले  भब्य रूपमा बिदाइ गरेको छ।  

आगामी २ जुनदेखि २९ सम्म हुने विश्वकपमा सहभागी हुने टोलीको आज एक कार्यक्रममा बिच बिदाइ गरिएको हो।

२२ गते शनिबार राति नेपाली टोली वेस्टइन्डिज प्रस्थान गर्ने कार्यक्रम तय भईसकेको छ। गृहमन्त्री रवि लामिछाने, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ्ग, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले नेपाली टोलीलाई बिदाई गरेका हुन् । कार्यक्रम होटल सोल्टीमा भएको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  २२:२८
प्रतिक्रिया दिनुहोस्