सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएका छन्।
शनिबार राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। साइतमा आफ्नो घरमा टीका लगाइ प्रधानमन्त्री ओली राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न शीतल निवास पुगेका थिए।
प्रधानमन्त्री ओलीले भने विपद्का कारण आफूले घरमा मात्रै टीका लगाउने र दसैँको टीका सर्वसाधारणलाई नलगाइदिने बताएका छन्। राष्ट्रपति पौडेलले आज विशिष्ट व्यक्ति र सर्वसाधारणलाई समेत दसैँको टीका लगाइदिएका छन्।