मनसुन बिदा भएसँगै जाडो बढ्यो, तापक्रम घट्न थाल्यो

आइतबार, असोज २७, २०८१

देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको छ। 

काठमाडौँ उपत्यकाको कुरा गर्नुपर्दा आज (आइतबार) न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, हिजो शनिबार १६.५ डिग्री सेल्सियस थियो। 

यस्तै शनिबार २८.३ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज २८ डिग्री सेल्सियसमा झरेको छ। समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ। 

नेपालबाट मनसुन हिजो असोज २६ गते (अक्टोबर १२ तारिख) पूर्ण रूपमा बाहिरिएको हो।

मनसुन बिदा भएसँगै पोस्ट मनसुन सिजन सुरु भएको मौसमविद्ले बताएका छन्। मनसुन बिदा भइसकेको र विन्टर आउनुअघिसम्मको अवधिलाई पोस्ट मनसुन भनिन्छ।

यो सिजन नोभेम्बरसम्म रहने र डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने मौसमविद् बताउँछन्। यसैले अब मौसम बिस्तारै चिसोतर्फ ढल्किएको हो। 
 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्