बालुवाटारमा खान्तेपिन्ते गरेर प्रचण्ड सर्लाही जाने, एकैछिन हेटौडा पनि पस्ने

शनिबार, वैशाख २२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज खाना खाएर सर्लाही जाँदैछन्। उनी विद्यालय भवन उद्घाटन गर्न त्यता जाने भएका हुन्। 

उनले नेपाल भारत सीमा क्षेत्रमा पर्ने बलरा नगरपालिका–८, गडहीया डुमरियास्थित जनता नमूना माविको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ। 

साढे ११ बजे हेलिकप्टरमार्फत प्रचण्ड सर्लाही जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उनी बाबुराम संग छुट्टिएका नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा माओवादी सांसद महिन्द्रा राय यादवको आग्रहमा सर्लाही जान राजी भएका हुन्। 

प्रचण्डले जनता नमूना माविको १२ कोठे नवनिर्मित भवन उद्घाटन गर्नुको साथै वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्ने नेता कार्यकर्तालाई प्रचण्डले स्वागत गर्ने तयारी छ।

प्रचण्ड बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित कार्यक्रममा पनि पुग्नेछन् र त्यतै त्यतै सर्लाही पुग्नेछन। 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्