प्रहरी महानिरीक्षकले पुलिसका सकल दर्जाकालाई लगाईदिए टिका

आइतबार, असोज २७, २०८१

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बडादसैँको अवसरमा आइतबार प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थितहरूलाई प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूलाई टीका तथा जमरा लगाइदिएका हुन्।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थितहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन्।

इच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्