लगानी सम्मेलन

लगानी बोर्डको बैठकमा प्रधानमन्त्री प्रचण्डले क-कसलाई फुर्क्याए ?

मंगलबार, वैशाख ११, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।

मंगलवार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै देश विकासका लागि वाह्य लगानी भित्रिने सम्भावना रहेकाले पनि सरकारले निजी क्षेत्रलाई विश्वासका लिनका लागि अध्यादेशमार्फत भएपनि आवश्यक ऐनको व्यवस्था गर्न लागेको बताएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा नेपालमा लगानीको क्षेत्रमा देखिएको बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्ने बताए। त्यस अवसरमा उनले निजी क्षेत्रको समस्या भने सरकारले समाधान गरिदिने बताएका थिए।

निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै देश विकासका सम्भावनाहरु अझै उजागर हुँदै प्रधानमन्त्री दाहालको भनाइ थियो। उनले लगानी सम्मेलनका लागि प्रस्तावित परियोजनाहरु तयार पारेकोमा लगानी बोर्ड सचिवालयलाई धन्यवाद दिएको पनि प्रवक्ता उपाध्यायले बताए।

बैठकमा केही परियोजनाहरु लगानी सम्मेलनमा थप गर्न सकिने धारणा राखेका थिए। सरकारले यही बैशाख १६ र १७ गते काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्दैछ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्