ललितानिवास जग्गा प्रकरणमा जोडिएका पूर्व भूमि मन्त्री श्रेष्ठको निधन

बुधबार, असोज ३०, २०८१

बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा प्रकरणमा जोडिएर विशेष अदालतबाट सफाई पाएका पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठको निधन भएको छ। 

माधव नेपाल प्रधानमन्त्री भएका समयका भूमि मन्त्री श्रेष्ठ नेकपा मालेका नेता हुन्।  मालेका पोलिटब्यूरो सदस्य समेत रहेका उनको आजै असोज ३० गते गृहनगर चितवनमा निधन भएको हो। फोक्सोको क्यान्सरका कारण उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्