दशैंको अन्तिम दिन आज सुनको मूल्यले तोड्यो रेकर्ड, हालसम्मकै उच्च

बुधबार, असोज ३०, २०८१

सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो । 

जसअनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि गत साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ कायम थियो । सो मूल्यको रेकर्डलाई पनि तोड्दै बुधवार आएर सुनको मूल्य १ लाख ६२ हजार नजिक पुगेको हो । 

मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो । यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३८ हजार ७२० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य पनि बढेको छ । 

महासंघका अनुसार मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९५० रुपैयाँ कायम भएको हो । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्