कान्छा सहसचिवले महानगर सम्हालेपछि चलाउने भए नि:शुल्क लोक सेवा तयारी कक्षा

शनिबार, वैशाख २२, २०८१

निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले तारतम्य मिलाएको छ।

शाखा अधिकृतबाटै एकै पटक सहसचिवमा नाम निकालेका प्रदीप परियार महानगरको कार्यकारी भएर गएपछि महानगरले लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको हो। परियारले ३२ वर्षको उमेरमा सहसचिवमा नाम निकालेका थिए। उनलाई कान्छो सहसचिव पनि भनिन्छ।

महानगरपालिकाले आज एक सूचना जारी गरी महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोक सेवाको तयारी कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो। 

तयारी कक्षा लिन चासो हुनेले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाण पेस गर्नुपर्ने छ। आजको मितिले प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने महानगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ।

image-11-1714794975.png
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्