सेनाको हेलिकप्टरमा ओलीको तीर्थाटन, धुन्चेमा अधिवेशन उद्घाटन

शनिबार, वैशाख २२, २०८१

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली रसुवा स्थित गोसाँईकुण्ड पुगेका छन्। पत्नी राधिका च्यापेर उनी रक्षामन्त्री हरि उप्रेतीलाई अगाडी  लगाउँदै केही घण्टा अघि मात्र त्यहाँ पुगेका हुन्।

सर्लाही-२ बाट निर्वाचित नायक निखिल उप्रेतीका सहोदर दाजु हरिलाई ओलीले रक्षामन्त्री बनाएका हुन्। एमाले रसुवाको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न पनि ओली त्यता पुगेको बताईन्छ। 

नेपाली सेनाको हेलिकोप्टर एनए ०५५ इसीयु हेलिकोप्टरमा ओली श्रीमती राधिका र रक्षामन्त्री हरि सहित त्यहाँ पुगेका हुन् ।

विशुद्व ओलीलाई तीर्थाटन गराउन मात्र सेनाको हेलिकप्टर प्रयोग गरिएको हो। यता, प्रधानमन्त्री प्रचण्ड आजै सेनाकै हेलिकप्टरमा रक्षामन्त्री उप्रेतीको गृहजिला सर्लाही उड्दै छन्। सिंहदरबारमा माओवादी संसदीय दलको बैठक सकेर उनी सिधै सर्लाही जाने छन्। त्यहाँ पार्टी प्रवेश गराउने र विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम छ।  

त्यो भन्दा अघि हेटौडामा एउटा कार्यक्रममा छ्यास्स पुग्नुपर्ने बाध्यता पनि उनै प्रचण्डलाई छ। 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्