सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्ने भएको छ।
गृहमन्त्री अध्यक्ष रहने कार्यकारी समितिको बैठक प्राधिकरणको कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने भएको छ।
दसैँअघि देशभर परेको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय राजमार्गहरू भत्किएका छन्। उद्धार र राहतको कामको प्रभावकारिताका विषयमा पनि छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको गृह मन्त्रालयका अधिकारीले बताएका छन्।