बाढीले क्षती गरेका खानेपानी आयोजना फाष्ट ट्र्याकबाट सम्पन्न गराउन मन्त्री मैदानमै ओर्लिए

बिहीबार, कात्तिक १, २०८१

खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशी खोला लगायतको बाढीले पनौँती, बनेपा र धुलिखेल नगरपालिकाकमा क्षती गरेका खानेपानी मन्त्रालय अन्तरगत विभागका सबै संरचनाको काम फाष्ट ट्र्याकबाट गरिने बताएका छन्  ।

गएको असोज १० गतेदेखि १२ गते सम्मको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण काभ्रेको बनेपाको शसी पानी क्षेत्रको मुहान, धुलिखेलको राणेखेला मुहान र पनौँती नगरपालिका अन्तरगत वडा नं २ र १२ मा रहेका खानेपानीका मुहान लगायतका विभिन्न संरचनामा भएको क्षतीको जानकारी लिन आज स्थलगत रुपमा त्यहाँ पुगेका मन्त्री यादवले सो कुरा बताएका हुन्।

मन्त्री यादवले भने, “पनौँतीमा खानेपानी मन्त्रालय अन्तरगत विभागका संरचनामा पनि बाढीले ठूलो क्षती गरेको छ । मन्त्रालय मातहतका संरचनाको काम हामी तुरुन्तै सुचारु गछौँ, अन्य विषयतगका कामहरु आवश्यक प्रकृया पुरा गरेर अगाडि बढाउँछौँ ।” 

यसैगरी मन्त्री यादवले पनौँतीका जनप्रतिनिधी, स्थानीयवासी मन्त्रालय, विभाग लगायतको सहयोगमा पनौँती लगायतका क्षेत्रमा अस्थायी रुपमा अहिले पानी आइरहेको भएपनि त्यो अस्थायी रुपमा आइरहेका तथा फेरी वर्षा हुँदा बाढीले बगाउने भएकाले त्यसको स्थायी तथा दीर्घकालिन रुपमा समस्या समाधानका लागि योजना तयार गर्ने बताए ।

उनले भने, “मन्त्रालय, विभाग, खानेपानी संस्थान सहितको हाम्रो टिम बसेर सल्लाहगरी बाढीपहिरोले गरेको क्षतीको स्टमेट बनाएर तीन दिन भित्र सूचना प्रकासित गरी काम सुचारु गराउने छौँ, स्थायी तथा दीर्घकालिन रुपमा समस्या समाधान तीर लाग्ने छौँ  ।” 

बाढीका कारण नेपाल खानेपानी संस्थान अन्तरगत पर्ने पनौँतीमा रहेको मिनिरलवाटर उत्पादन पलान्टमा पनि ठूलो क्षती भएकाले सबै संरचनाहरुको काम तुरुन्तै बिस्तार गरी बाढीले क्षती गरेका संरचनाको काम फाष्ट ट्र्याकमा गर्ने मन्त्री यादवको भनाई थियो ।

सोही क्रममा मन्त्री यादवले एकीकृत खानेपानी आयोजना खानेपानी मन्त्रालय अन्तरगत नपर्ने तथा सहरी विकास मन्त्रालय अन्तरगत पर्ने भएकाले एकीकृत खानेपानी आयोजनाको बगेको ११ किमी पाइपका विषयमा आफु सहरी विकास मन्त्रसँग सल्लाह गर्ने बताए । 

“पाइप नै क्षतबिक्षत छ, म प्राविधिक त होइन तर मन्त्री भएका नाताले त्यो हेर्नु मेरो जिम्मेवारी पनि हो । ११ किलोमिटर बगेको पाइपको छानविन समिति बनाउन म सहरी विकास मन्त्रीलाई आग्रह गर्दछु,” उनले भने, “एकीकृत खानेपानी आयोजना मेरो मन्त्रालय अन्तरगत पर्ने भएको भए म अहिले नै पाइपका विषयमा छानविन समिति गठन गरिसक्थे तर त्यो विषयमा मन्त्री ज्यु र टिमसँग कुरा गर्छु । पहिले टेन्डर गर्दा कस्तो क्वालिटीको लेखिएको थियो, पाईपमा लागेको के छ । ल्याब टेष्ट गर्नु पर्छ ।” 

मन्त्री यादवलाई पनौँतीका नागरिकले बाढीले क्षतबिक्षत बनाएको खानेपानी व्यवस्थापन सँगसँगै मुहान क्षेत्रमा पनि ठूलो क्षती भएकाले मुहान नजिक रहेका बस्तिहरु स्थान्तरणका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।

स्थानीयवासीको आग्रहपछि मन्त्री यादवले पनौँतीका नागरिकको साथ, सहयोग र सल्लाह सहित आफुहरु काममा अगाडि बढ्ने बताएका छन्  । उनले भने, “तपाईहरुको समस्या मैले देखेको छु । पुन: बिपद्का घटना दोहररिन नदिन दीर्घकालिन रुपमा समस्याको समाधान खोजिने छ ।” 

खानेपानी उपयोग गर्नलाई मुहान क्षेत्रका स्थानीयहरुसँग आवश्यक समन्वय गर्ने समेत मन्त्री यादवको भनाई थियो । 

आजको उक्त अनुगमनमा बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादी, पनौँती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, स्थानीयबासी, राजनैतिकदलका नेता, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख रामकुमार श्रेष्ठ, खानेपानी संस्थानका महाप्रवन्धक त्रिदेव श्रेष्ठल गायत सहभागी थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्