प्रचण्डले बोलाए संसदका प्रतिपक्षी दलको बैठक

शुक्रबार, कात्तिक २, २०८१

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा विहान १० बजे बस्नेगरी बैठक बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ।  आजको बैठकमा समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको जनाइएको छ। 

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाललगायतलाई छलफलमा बोलाइएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्