रवि लामिछानेलाई समात्न प्रहरीले निकाल्यो साईत,प्रचण्डले चलाए कुरा

शुक्रबार, कात्तिक २, २०८१

सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको छ।

संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका सञ्चालकहरु सहकारीको रकम दुरुपयोगमा संलग्न रहेको ठहर गरेको छ।

गोरखा मिडियाका चारजना सञ्चालकमध्ये छवि जोशी दसैंअघि नै पक्राउ परेर अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। अब लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकार तयार रहेको र उनलाई जुनसुकै बेला पक्राउ गर्न सकिने स्रोतले जानकारी दियो।

“उहाँलाई पनि अनुसन्धानको दायरामा ल्याएर संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ भन्ने आवाज सरकारमा रहेको दलभित्र निरन्तर उठिरहेको छ। उनी जुनसुकै बेला पक्राउ पर्न सक्छन्,” स्रोतले भन्यो।

गोरखा मिडिया नेटवर्कमा सहकारीबाट गैरकानुनी रुपमा ६५ करोडभन्दा बढी ल्याएर अपचलन गरिएको एमाले सांसद सुर्य थापा नेतृत्वको छानबिन समितिको निष्कर्ष छ।

लामिछानेलाई छविसँगै पक्राउ गर्ने तयारी गरिए पनि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनका कारण रोकिएको थियो।

प्रहरीले छामिछानेलाई नियन्त्रणमा लिने तयारी गरेपछि प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा बसेको छ। बैठकको एजेण्डा समसमयिक विषय भने पनि लामिछानेको विषय बैठक केन्द्रित रहने एक नेताले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्