सोसल मिडिया
युनिकोड
प्रतिपक्षी दलहरूको बैठकमा सहभागी हुन पुगेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू सत्तापक्षबाट पीडित भएको गुनासो गरेका छन्।
शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा ठाकुरले यस्तो गुनासो गरेका हुन्। उनले आफूहरू सत्तापक्षमा भएर पनि सत्तामा जस्तो नभएको गुनासो गरेको आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बताए।
ठाकुरको भनाइ उद्धृत गर्दै साहले भने, ‘हामी आफैँ पीडित छौँ। सत्तापक्षमा पनि सत्ताजस्तोमा छैनौँ। हाम्रो मान्छेहरू अझै बन्दीमा छन्। थुनामा छन्। आज पनि मान्छे जेलमा छन्। न्याय छैन।’
तर, ठाकुरको सचिवालय सदस्य सत्येन्द्र मिश्रले भने बैठकमा ठाकुरले कुनै विषय नराखेको दाबी गरे। उनले भने, ‘झुक्याएर बोलाउनुभएको हो। उहाँले बैठकमा केही बोल्नुभएनछ।’