सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिको पदमा उठ्ने बताएका छन्।
विराटनगरस्थित कोइराला निवासमा शुक्रबार मधेस प्रदेशका नेता कार्यकर्ताहरुसँगको भेटका क्रममा नेता कोइरालाले आउँदो महाधिवेशनमा सभापतिको दाबेदारसहित उठ्ने रहेको बताएका हुन्।
उनले भने, ‘तपाईंहरु कोही पनि कन्फ्युजनमा नपर्नुहोस्। आउँदो महाधिवेशनमा सभापति पदमा उठ्नेछु। तपाईहरु ढुक्क हुनुस्। अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईंहरु आ–आफ्नो कार्यक्षेत्रमा खटिनोस्।’
कार्यकर्तामाझ उनले जतिसुकै कोशिस गरे पनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरुलाई न्याय गर्ने कुरामा आफूले भने जति काम गर्न नसकेको बताए।
उनले भने,‘नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ, त्यसैले अब तपाईं पनि महाधिवेशन गर्ने कुरामा लाग्नुहोस्। महाधिवेशन २०८२ को मंसिरभित्रै हुनुपर्छ ।’