सोसल मिडिया
युनिकोड
इलाम निर्वाचन क्षेत्र नम्बर २ मा जमानत जफत् हुने गरि पराजय ब्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने राष्ट्रिय स्वतन्त्र पार्टीले निचोड निकालेको छ।
पार्टी केन्द्रिय कार्यालयमा घाम अस्ताएपछि बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो।
पार्टी महामन्त्री मुकुल ढकालका अनुसार बैठकमा निर्वाचनको बारेमा समीक्षा भएको थियो। उनले भने- ‘समीक्षापछि कहाँनेर गल्ती भयो। हामीले नेपाली जनतामा जुन आशा गरेका थियौँ। त्यो आशा जगाउने हाम्रो आशालाई जगाइराख्न र हामीले भन्दै आएको ०८४ मा यो देशमा एकलौटी सरकार बनाउने गरी गर्नुपर्ने काम कुराहरुका बारेमा पार्टीगत रुपमा कहाँ कर कसरी कमजोरी गरेका छौँ।’
बैठकले ढकालको नेतृत्वमा जेठको दोस्रो हप्ताबाट देशव्यापी दौडाहा अभियान चलाउने छ।