रविलाई पक्राउ गरेर सरकार र गगन थापा नांगिएको मनिषको आरोप 

शनिबार, कात्तिक ३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिजो सरकार नांगिएको आरोप लगाएका छन्।

शनिबार दिउँसो पोखरामा रास्वपाले आयोजना गरेको विरोध कार्यक्रम बोल्दै उनले केपी ओली नेतृत्वको सरकार नांगिएको बताएका हुन्।

साथै, युवाहरू राजनीतिमा लाग्नुपर्छ भनेर चिच्याउने नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि नांगिएको उनको भनाइ थियो।

‘धन्यवाद गगग थापा ! तिमी पनि नांगियौ। किनकि यो देशमा युवाले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे एउटा दल केही पढेलेखेका मान्छे। नयाँ राजनीतिक अभ्यास गर्न चाहाने मान्छे आउँदै गर्दा ऊ आत्तियो’, उनले भने।

८७ अर्ब सहकारीको रकम नखोजेर रविको कार्यकालमा गोरखा मिडिया नेटवर्कमा खर्छ भएको तीन करोडको चर्चा भएको आरोप लागेको बताए।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्