विद्युतीय माइक्रो भ्यान पल्टिदा हुटको खसी मर्यो, छ यात्रु घाईते

शनिबार, वैशाख २२, २०८१

काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा माइक्रो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। रामेछापको मन्थलीबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो भ्यान आज दिउँसो २ बजे वीपी राजमार्गमा पल्टिएको हो। 

घाइते भएका ६ जनालाई तुरुन्तै धुलिखेल अस्पताल पठाइएको थियो। उनीहरुको उपचार हुँदैछ। उक्त भ्यानमा चालक सहित सात जना भएको प्रहरीले बताएको छ। 

रामेछापको मन्थलीबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। शनिबार दिउँसो २ बजे वीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। 


सो भ्यानमा चालकसहित ७ जना सवरा थिए। घाइते भएका ६ जनालाई तुरुन्तै धुलिखेल अस्पताल पठाइएको र अहिले उपचार जारी रहेको प्रहरीले जानकारी गराएको छ। भ्यानको छतमा राखेर ल्याइएको एउटा खसी पनि दुर्घटनामा परि मरेको छ। 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्