केपी ओली प्रधानमन्त्री हुनु देशको दुर्भाग्य रहेको रविको आरोप

आइतबार, कात्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेले केपी ओली यो देशको प्रधानमन्त्री हुनु देशको दुर्भाग्य रहेको बताएका छन्।

यो देशमा भ्रष्टाचारको जगमा ओली उभिएको उनको भनाइ छ। जिल्ला अदालत जाने क्रममा पत्रकारसँग बोल्दै उनले न्यायको पक्षमा सारा जनता सडकमा ओर्लिन पनि आव्हान गरेका छन्।

सहकारी ठगीको मुद्धामा उनी यतिबेला कास्की प्रहरीको हिरासतमा रहेका छन्।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्