बाबुराम भट्टराईको पार्टी नेसपाको प्रथम विधान अधिवेशन आजदेखि पोखरामा सुरु

सोमबार, कात्तिक ५, २०८१

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । पोखराको सभाहलमा मध्यान्ह १२ बजेदेखि अधिवेशन सुरु हुने लागेको हो । पहिलो सत्रमा उद्घाटन कार्यक्रम रहेको छ ।

दोस्रो सत्रमा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईले विधान मस्यौदा पेस गर्ने कार्यसूची रहेको छ । समूहगत छलफल सकिएपछि मङ्गलवार निष्कर्ष सुनाउने कार्यसूची रहेको सो पार्टीले जनाएको छ ।

बन्दसत्रबाट आएका प्रश्नको जवाफ दिएपछि अधिवेशन सम्पन्न हुनेछ। पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन भएको थियो ।

चैत ५ र ६ गते बसेको भट्टराई समूहको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता भङ्ग गरी माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्