प्रचण्डकै अस्तिका अर्थमन्त्रीले सरकारमा धोद्रो पसेको सुनाए सूचना

शनिबार, वैशाख २२, २०८१

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रचण्ड नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् । उनले अब कांग्रेसले स्थिर सरकार दिने पनि दाबी गरे । प्रचण्ड सरकारमा महत कांग्रेसबाट प्रतिनिधित्व गर्दै अस्तिसम्म अर्थमन्त्री भएका थिए। 

नेपाल प्रेस युनियन केन्द्रीय समितिले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारको आयु धेरै नरहेको जिकिर गरेका हुन् ।

पछिल्लो समय कांग्रेस र एमाले मिलेर सरकार बनाउने हल्ला चलिरहेको बेलामा महतको यस्तो दाबी आएको हो । उनले भने,‘अस्थिरतामा रमाइरहने प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ । अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ र चाँडै नै लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्