नेप्से परिसूचक आज दोहोरो अंकले घट्यो, कारोबार भयो कति ?

सोमबार, कात्तिक ५, २०८१

सेयर बजारको नेप्से  परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब १८ करोडको सेयर कारोबार भएकोमा आजको कारोबार ५ अर्ब ९० करोडमै सीमित रह्‍यो।

कारोबार रकमका आधारमा आज हिमालयन री इन्स्योरेन्स शीर्ष स्थानमा रह्‍यो। यस कम्पनीको २२ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै, यस दिन ङादी ग्रुप पावर र कुमारी बैंकको साढे १७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने गुडविल फाइनान्सको कारोबार रकम १४ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्