सोसल मिडिया
युनिकोड
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।
धर्मशाला विवादको विषयमा यथार्थता अध्ययन गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनेको छ,’पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन गरी प्रतिवेदन पेश गर्न यस मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखाका प्रमुखको अध्यक्षतामा छ (६) सदस्यीय अध्ययन समिति आज मिति २०८१/०७/०५ मा गठन भएको छ।’
समितिका सदस्यहरूमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र यस मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहेका छन् ।
समितिलाई ३० दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन पर्यटनमन्त्रीसमक्ष पेश गर्न भनिएको छ।