सोसल मिडिया
युनिकोड
पश्चिम नेपाल पुगेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुरानै अडान दोहोर्याएका छन् । उनले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएसम्म कांग्रेसले संसद् बैठक चल्न नदिने बताएका हुन् । कोईरालाले लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाइनुपर्नेमा जोड दिदै काङ्ग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको उनले स्पष्ट पारे ।
बाँकेको कोहलपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने- “हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ । संसदीय छानबिन बनाऔँ, सहकारी ठगीमा उहाँ (रवि लामिछाने)को संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ,” उनले भने, “तर, संसदीय समिति बनाउन सरकार किन डराएको ?”
यही वैशाख २८ गतेका निम्ति संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरिएको छ । गएको अधिवेशनका पछिल्ला बैठक सोही मागसहित कांग्रेस सांसदले अवरुद्ध गरेका थिए ।