सोसल मिडिया
युनिकोड
दशैँपछि लगातार बढिरहेको सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै भाउ बढेको हो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।