आजै विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने

बुधबार, कात्तिक ७, २०८१

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन् ।

आज ४ बजे विपक्षी दलका नेताहरू शीतल निवास जान लागेका हुन् । सरकारका कामकारबाहीमा विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्