सोसल मिडिया
युनिकोड
सत्तापक्षले संसदीय छानबिन समितिमा निर्देशनअनुसार रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भीड जम्मा गरेर न्यायिक निरूपणमा बाधा पुर्याउन खोजिएको बताएको छ ।
बुधबार बालुवाटारमा बसेको सत्तापक्षको बैठकले यस्तो निष्कर्ष निकालेको हो । रास्वपाको पछिल्लो गतिविधिले लोकतन्त्रलाई डिरेल गर्ने खतरा भएको एमाले महासचिव शङ्कर पोखरेलले बताए ।
उनले भने, ‘छानबिन प्रक्रिया अघि बढिरहेको बेलामा सडकमा भिड जम्मा गरेर छानबिन र अदालतलाई समेत प्रभावित पार्ने खालको गतिविधि स्वीकार्य हुँदैन । यो लोकतान्त्रिक दृष्टिकोणले पनि उचित कुरा होइन । फौजदारी अभियोगमा छानबिन चलिरहेको बेलामा सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन ।’
पोखरेलले अदालती प्रक्रियामा बाधा नपुर्याउन पनि आग्रह गरे ।