वैशाख २४ गते वागमती प्रदेशका सबै सरकारी कार्यालय बन्द, किन दिईयो बिदा ?

शनिबार, वैशाख २२, २०८१

बागमती प्रदेशमा वैशाख २४ गते सोमबार प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ।

नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा सार्वजनिक बिदा दिइएको बताईएको छ।

सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाले जनाएको हो। सो दिन सबै सरकारी कार्यालय बन्द हुनेछन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्