गृहमन्त्रीले किस्ता-किस्तामा कर्मचारीको सरुवा गरे, चितवनका सिडिओ ताने

बुधबार, कात्तिक ७, २०८१

गृहमन्त्री रमेश लेखकले किस्ता-किस्तामा कर्मचारीको सरुवा गर्न थालेका छन् । उनले पछिल्लो पटक चितवनका सिडिओ सहित सहसचिवको सरुवा गरेका हुन् ।  

आजै बुधबार मात्र चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा तान्दै त्यहाँको सिडिओमा सहसचिव प्रकाश पौडेललाई पठाएको छ ।

गृह मन्त्रालयको बरण्डामा रहेका गोविन्द प्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा  पठाइएको छ । त्यहाँका  महानिर्देशक कोशहरि निरौलाको केही दिन अगाडी सरुवा भएसँगै सो पद रिक्त थियो ।

आज बेलुकादेखी शुक्रबार सम्ममा दर्जन जिल्लाका सिडिओ सहितका कर्मचारीको सरुवा हुँदैछ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्