सोसल मिडिया
युनिकोड
साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २३ दशमलव ३६ अंकले घटेर २६२२ दशमलव ०३ को विन्दुमा पुगेको छ ।
बिहीबार ३१७ कम्पनीका ६० हजार ५ सय ८६ पटकको कारोबारमा १ करोड २० लाख ४६ हजार ७ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २६ करोड ६० लाख १० हजार रुपैयाँ रहेको छ ।
आज ५४ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ भने ७ वटा स्थिर रहेको छ । बिहीबार नेपाल एसबीआई बैंकको लगानीकर्ताले ९ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् भने एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।