रवि माथि उपरी माथि थुपरी मुद्दा, सम्पत्ति शुद्धीकरणको लफडा पनि थपियो

बिहीबार, कात्तिक ८, २०८१

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान अघि बढाउने निश्चित् भएको छ । सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भनेर रास्वपाका नेता तथा कार्यकर्ता आन्दोलित छन् । 

आजमात्रै कास्की प्रहरीले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।

यसअघि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पूर्जी लिएको प्रहरीले आज (बिहीबार) म्याद थपका लागि जिल्ला अदालत, कास्कीमा उपस्थित गराउँदा भने सम्पत्ति शुद्धीकरणको मुद्धा पनि थपेको छ । यस्तै, लामिछानेलाई बयानको लागि रुपन्देही उपस्थित गराउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्