सिम्रौनगढ नगरपालिकाका निमित्त हाकिम घुससहित पक्राउ

बिहीबार, कात्तिक ८, २०८१

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार साहलाई सेवाग्राहीबाट लिएको ७८ हजार रकमसहित कलैया उपमहानगरपालिका-४ को कार्यालय जाने बाटोबाट बिहिबार नियन्त्रणमा लिइएको छ ।

अख्तियारले शाहलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्