सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने २ अर्ब रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहिलेसम्म १ अर्ब ८५ करोड २१ लाख १२ हजार ६६८ रकम जम्मा भएको हो ।
कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रूपमा पनि कोषमा रकम जम्मा भएको छ । अहिलेसम्म सबैभन्दा बढी आइएई ग्रुप लिमिटेडले ४ करोड ५० लाख रकम जम्मा गरेको छ भने दोस्रोमा नेपाल आयल निगमले ३ करोड रकम जम्मा गरेको छ ।
तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषले बराबर २-२ करोड जम्मा गरेका छन् । यस्तै चौथोमा कृषि विकास बैंक लिमिटेडले १ करोड ५० लाख जम्मा गरेको छ भने पाँचौँमा भाटभटेनी सुपर मार्केटले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको छ ।
यस्तै नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेड, प्रभुम बैंक लिडिटेड, एसएपीडीसीले १ करोड जम्मा गरेको छ ।
जम्मा भएको रकममध्ये १ अर्ब ५६ करोड ६९ लाख ८९ हजार ६८ रुपैयाँ २०८१ असार मसान्तसम्मको मौज्दात रहेको छ भने २२ लाख २२ हजार ६०४ रुपैयाँ बैंकबाट व्याज प्राप्त भएको हो ।
सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी-पहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रूपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।