सडक प्रदर्शनलाई रास्वपाले किन गर्यो स्थगित ?

शुक्रबार, कात्तिक ९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक प्रदर्शनलाई स्थगित गरेको छ ।

सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन विरोध प्रदर्शन गरेको रास्वपाले सडक प्रदर्शनलाई स्थगित गरेको हो ।

रास्वपाले शुक्रबार काठमाडौंमा विरोध गरेको थियो । अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठकले निर्णय गर्ने जनाएको छ । सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्