काठमाडौं महानगरपालिकाले कलंकीस्थित भाटभटेनीमा डोजर चलायो

शुक्रबार, कात्तिक ९, २०८१

कलंकीस्थित भाटभटेनीमा डोजर चलाइएको छ । काठमाडौं महानगरपालिकाले चक्रपथको जग्गा मिचेको भन्दै शुक्रबार दिउँसो डोजर चलाएको हो ।

चक्रपथको ‘राइट अफ वे’ क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको महानगरले जनाएको छ ।

भाटभटेनीको चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्