सोसल मिडिया
युनिकोड
पटक-पटक मन्त्री भएका राजेन्द्र महतोको कप्तानीमा नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। १७३ सदस्यीय केन्द्रीय समितिसहित महतोको पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । शुक्रबार महतोले आयोगमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दल दर्ता गराएका हुन् ।
पार्टी केन्द्रीय कार्यसमिति १७३ सदस्यीय रहेको छ । पार्टीको अध्यक्षमा राजेन्द्र महतो रहेका छन् भने अरु सबै जना सदस्य रहेका छन् ।
यस्तै पार्टीको चुनाव चिन्ह माछा रहेको छ ।
नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियानहरु चलाउँदै आएका थिए । उनी पछिल्लो पटक महन्थ ठाकुरको पार्टी बाट अलग भएका हुन्।
महतोको पार्टीका केन्द्रीय कार्यसमिति १७३ सदस्यको नाम हेर्न यहाँ क्लिक गर्नुहोस्।