सोसल मिडिया
युनिकोड
सहकारी ठगी तथा संगठित अपराधमा नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन्।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शुक्रबार खनाललाई काठमाडौँ महानगरपालिका–३ पानीपोखरीबाट पक्राउ गरेको हाे।
४८ वर्षीय खनालकाे घर तनहुँकाे भानु नगरपालिका–८ बगालेफाँट हाे। उनी गोरखा ग्रुप अफ कम्पनी लिमिटडमा पनि शेयरधनी हुन्।
उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइएको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।
प्रहरीका अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारीकाे रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको हाे।