सोसल मिडिया
युनिकोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दोश्रो पटक जिम्मेवारी सम्हालेका मन्त्री शरत सिंह भण्डारीले श्रमिकका पक्षमा काम मात्र होइन निर्णय पनि गराएका छन्।
अब वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिका परिवारले अब १० लाख क्षतिपूर्ति पाउने भएका हुन् ।
यस अघि ७ लाख पाउँदै आएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ लाख बढाएर १० लाख पुर्याउने निर्णय भएको मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले यो निर्णय भएको जानकारी गराए ।
उनका अनुसार यदि वैदेशिक रोजगारीमा गएको कुनै पनि व्यक्ति बिरामी परेर उपचार गर्दा गर्दै मृत्यु भएमा पनि उसले उपचार खर्च र मृत्यु भएपछि पाउने १० लाख पनि क्षतिपूर्ति पाउनेछ । तर त्यो श्रमिकले श्रम स्वीकृति भने लिएको हुनुपर्ने मन्त्री भण्डारीले जानकारी गराए । यो निर्णय मन्त्री भण्डारीको सक्रियता र प्रस्तावमा क्याबिनेट बाटै निर्णय भएको हो।